थपिए ८ जना कोरोना संक्रमित, देशभर सक्रिय संक्रमित ४४४
हेल्थ टिभी अनलाइन \काठमाडौं : पछिल्लो २४ घण्टामा देशभर ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
७ सय ७८ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै देशभर होम तथा संस्थागत आइसोलेसनमा रहने सक्रिय संक्रमितको संख्या ४४४ रहेको छ । पछिल्लो समय कोरोना संक्रमण दर कम हुँदै गएको छ । यसैगरी आज १७ जना संक्रमित संक्रमणमुक्त भएका छन।
मन्त्रालयका अनुसार गत २४ घण्टामा कोरोना विरुद्धको खोप लगाउनेको संख्या शुन्य रहेको छ । नेपालमा हालसम्म १२ हजार १९ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यसैगरी निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा