पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिए
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ९ जना कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १४ सय २५ जनाको नमुना परीक्षण गरिएकोमा ९ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी यहीवीच २३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८० हजार ४८१ जनाले कोरोना विरुद्धको खोप लगाएका छन्।
अहिले देशभर ४९९ जना मात्र सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?