सरकारी प्रयोगशालाकर्मी संघ गठन, अध्यक्षमा राजेश कुमार गुप्ता
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारी स्वास्थ्य संस्थामा क्रियाशिल प्रयोगशालाकर्मीहरुले पेशागत हक हितको सुनिश्चिता तथा व्यक्तित्व विकासका लागि भन्दै छुट्टै पेशागत संस्था गठन गरेका छन् । उनीहरुले सरकारी प्रयोगशालाकर्मी संघ नेपालकाे स्थापना गरेका हुन् ।
राजेशकुमार गुप्ताको अध्यक्षतामा १५ सदस्यीय समिति गठन भएको छ । समितिको वरिष्ठ उपाध्यक्ष सन्तोष सुवेदी रहेका छन् । यसैगरी उपाध्यक्षमा पदमानाभ घिमिरे, उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा खुमराज शर्मा, सचिवमा कृष्ण प्रसाद जैसी र ईश्वरी प्रसाद भुसाललाई चयन गरिएको छ । कोषाध्यक्षमा लेखनाथ भट्टराई चयन भएका छन्।
यसैगरी समितिको सदस्यहरुमा परमानन्द भण्डारी, नविन कर्माचार्य, किरण पौडेल, शैलेश थपलिया, सुजाता श्रेष्ठ, अमित कार्की र श्रेष्का श्रेष्ठ चयन भएका छन् ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण