एशोसिएशन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे
हेल्थ टिभी अनलाइन \काठमाडौं : एशोसिएशन अफ स्पाइन सर्जन्स अफ नेपालको अध्यक्षमा डा विनोद बिजुक्छे निर्वाचित भएका छन् ।
शनिबार काठमाडौंमा सम्पन्न आठौं महाधिवेशनबाट डा बिजुक्छे अध्यक्षतामा निर्विरोध चयन भएका हुन्। ९ सदस्यीय कार्यसमितिको कार्यकाल २ वर्षको हुनेछ ।
एशोसिएशनको नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा डा व्यापक पौडेल, महासचिवमा डा सुरज बज्राचार्य, उपमहासचिवमा डा ज्ञानेन्द्र शाह, कोषाध्यक्षमा डा राजेशकुमार चौधरी निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा डा दीपक काउछा, डा सुशील श्रेष्ठ, डा अनुप पोखरेल र डा सुवासचन्द्र झा निर्वाचित भएका छन्। डा विजुक्छे यसअघिको कार्यसमितिमा उपाध्यक्ष थिए । स्पाइन सर्जन डा विजुक्छे ग्रान्डी अस्पतालका मेडिकल डाइरेक्टर समेत हुन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण