Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

मधुमेह सम्बन्धी जनचेतना जगाउन वाकाथन (फोटोफिचर)

मधुमेह सम्बन्धी जनचेतना जगाउन वाकाथन (फोटोफिचर)

हेल्थ टिभी अनलाइन \काठमाडौं : मधुमेह रोगबारे सचेतना जगाउन वाकाथन गरिएको छ ।

विश्व मधुेमह दिवसको अवसर पारेर ललितपुरको कुपन्डोलमा रहेको आरुस लाइफस्टाइल अस्पतालले शनिबार वाकाथन कार्यक्रमको आयोजना गरेको हो ।

पाटन दरबार स्क्वायरबाट सुरु भएको वाकाथन कुपन्डोल, पुल्चोक हुँदै माइतीघर मण्डलामा पुगेर सम्पन्न भएको थियो ।

वाकाथनमा काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोल पनि सहभागी भएकी थिइन्। उनले अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै मधुमेहबारे सचेतना जगाउनका लागि आरुस अस्पतालले गरेको कार्यक्रमको प्रशंसा गर्दै मधुमेहबारे बेलैमा सबैजना सचेत हुनुपर्ने र स्वस्थकर जीवनशैली अपनाउनुपर्नेमा जोड दिएकी थिइन ।

हरेक वर्ष नोभेम्बर १४ मा विश्व मधुमेह दिवस मनाउने गरिन्छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार