काठमाडौंमा सुरु भयो प्रत्यारोपण सम्बन्धी २ दिने अन्तराष्ट्रिय सम्मेलन
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा अंग प्रत्यारोपण सम्बन्धी दुई दिने दोस्रो अन्तराष्ट्रिय सम्मेलन सुरु भएको छ । दुई दिन सम्म चल्ने उक्त सम्मेलन शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुुर र अंग प्रत्यारोपण समाज नेपालको संयुक्त आयोजनामा गरिएको हो ।
काठमाडौंको नयाँ बानेश्वरस्थित होटल एभरेष्टमा भइरहेको सम्मेलनमा जापान, अमेरिका, भारत, बंगलादेश लगायतका देशबाट प्रत्यारोपण विज्ञहरु आएर सहभागी भएका छन्। त्यसैगरी नेपालका प्रत्यारोपण विज्ञहरु सम्मेलनमा सहभागी हुने र छलफल गर्ने जनाइएको छ । विकासोन्मुख देशहरुमा अंग दानसम्बन्धी जनचेतना कम भएको भन्दै सोही विषयमा जनचेतना जगाउन र नेपालले गरिरहेको अंग प्रत्यारोपणसम्बन्धी जानकारी दिनका लागि सम्मेलन आयोजना गरिएको प्रत्यारोपण केन्द्रका निर्देशक डा पुकारचन्द्र श्रेष्ठले जानकारी दिए ।
सम्मेलनमा विभिन्न देशबाट आएका विज्ञहरुले मष्तिष्क मृत्यु र अंग दान र प्रत्यारोपणका विभिन्न विषयमा प्रस्तुतीकरण गर्नेछन्। सम्मेलन भोलिसम्म चल्नेछ ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो