डा. मीता सिंहद्वारा लिखित ‘गणेशमान सिंहको संघर्ष’ नामक पुस्तक सार्वजनिक
हेल्थ टिभी अनलाइन\ काठमाडौं : डा मीता सिंहद्धारा लिखित गणेशमान सिंहको संघर्ष नामक पुस्तक सार्वजनिक भएको छ । बिहिबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उक्त पुस्तक सार्वजनिक गरिएको हो ।
नेपाली कांग्रेसका सर्वोच्च नेता गणेशमान सिंहको जीवनी रहेको उक्त पुस्तककी लेखिका डा मीता गणेशमान सिंहकी छोरी हुन्। उनले सिंहको १०८ औं जन्मोत्सवको अवसर पारेर उक्त पुस्तक सार्वजनिक गरेकी हुन्।
उक्त पुस्तकमा छोरी मीताले सन्तानको आँखाबाट बुवालाई नियाल्दा कस्तो पाएँ भन्ने कुरालाई केन्द्रमा राखेर पुस्तक लेखेको बताएकी छिन्। यसमा गणेशमान सिंहले आफनो जीवनकालमा गरेका संघर्षलाई समेटिएको जनाइएको छ । डा मीताले एक वर्ष अघि सो पुस्तक अंग्रेजी भाषामा प्रकााशित गरेकी थिइन ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?