चिकित्सकलाई न्युट्रासिटिकल्स र फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न रोक
हेल्थ टिभी अनलाइन \काठमाडौं : भरतपुर अस्पतालले आफनो अस्पतालमा कार्यरत चिकित्सकलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्युट्रासिटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न बन्देज लगाएको छ । अस्पतालमा कार्तिक २० गते फुड तथा थेरापेटिक कमिटीको बैठक बसी सो बैठकले अबदेखि बिरामीलाई न्युट्रासिटिकल्स तथा फुड सप्लिमेन्ट प्रेस्क्राइब गर्न नपाउने निर्णय गरेको हो ।
योसँगै चिकित्सकले अबदेखि बिरामीलाई औषधि व्यवस्था विभागमा दर्ता नभएका न्ययुट्रास्युटिकल्स र फुड सप्लिमेन्ट प्रेस्काइब गर्न नपाउने भएका छन् ।
अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्राडा कृष्णप्रसाद पौडेलले जारी गरेको सूचनामा औषधि व्यवस्था विभागमा दर्ता नभएका यस्ता बस्तुहरुको प्रेस्काइब गर्न नपाइने जनाइएको छ । अस्पतालमा न्युट्रास्यिुटिकल्स फुड सप्लिमेन्ट मनपरी ढंगले चिकित्सकले प्रेस्क्राइब गर्न थालेपछि यस्तो निर्णय गरिएको डा पौडेलले जनाएका छन्।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !