एमालेको घोषणापत्र : स्यानिटरी प्याडका लागि प्रत्येक महिलालाई १५ सय दिइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा एमालेले महिलाहरुलाई महिनावारीका बेला प्रयोग हुने स्यानिटरी प्याडका लागि आर्थिक सहयोग उपलब्ध गराउने जनाएको छ । एमालेले मंगलबार घोषणापत्र जारी गर्दै प्रत्येक महिलाका लागि गुणस्तरीय प्याड खरिदका लागि भन्दै वार्षिक रुपमा १५ सय रुपैयाँ उपलब्ध गराउने जनाएको हो ।
‘स्वस्थ महिनावारी १५सय बर्ष भरी’ नाराका साथ स्यानिटरी प्याड खरिदका लागि रकम उपलब्ध गराउने कुरा एमालेकाे घोषणापत्रमा उल्लेख छ ।
मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनका लागि सबै दलहरुले आ आफनो घोषणा पत्र सार्वजनिक गर्ने क्रम जारी छ । यसैगरी स्वाथ्यका अन्य निकै महत्वकांक्षी योजनाहरु पनि एमालेले आप्ननाे घोषणा पत्रमा समावेश गरेको देखिन्छ ।
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित