नेपालमा डेंगुबाट मृत्यु हुनेको संख्या ५४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमणबाट मृत्यु हुनेको संख्या ५४ पुगेको छ । गत साउन महिनायता आजसम्मको तथ्यांंक अनुसार देशमा डेंगु संक्रमण भएर त्यसबाट आएको जटिलताबाट मृत्यु हुनेको संख्या ५४ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
उता डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै ४६ हजार ७६८ पुगेको छ । देशका सातै प्रदेशका ७७ जिल्लामा नै डेंगुका बिरामी पुष्टि भइसकेका छन् ।
डेंगु संक्रमण भएमा उच्च ज्वरो आउने, जीउ दुख्ने, टाउको दुख्ने, आँखाको गेडी सहन नसक्ने गरी दुख्ने, शरीरमा बिमिरा आउने, चिलाउने हुने हुन्छ भने कतिपयको आन्तरिक रक्तश्राव भएर समयमा उपचार नपाए मृत्यु समेत हुने गर्छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र