स्वास्थ्य राज्यमन्त्री हिराचन्द्र केसी १६ औं दिनमा अस्पतालबाट डिस्चार्ज
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु संक्रमणबाट बिरामी भएका स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसी आज अस्पतालबाट डिस्चार्ज भएका छन्।
उनको सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र केही दिनदेखि वीर अस्पतालमा उपचार भइरहेको थियो। उनी असाेज २९ गते उच्च ज्वरो आएपछि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल भर्ना भएका थिए। पछि उनलाई असाेज ३० गते वीर अस्पतालको आइसीयूमा राखेर उपचार सुरू गरिएको थियो ।
उनको स्वास्थ्यमा क्रमस सुधार आएपछि अस्पतालले घरमै आराम गर्ने गरी आज डिस्चार्ज गरेको जनाएको छ ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?