आज र भोलि बालबालिकालाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने
हेल्थ टिभी अनलाइन \काठमाडौं : आज र भोलि बालबालिकाहरुलाई जुकाको औषधि र भिटामिन ‘ए’ खुवाइने भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ देखि ५९ महिनासम्मका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइनेछ भने १ देखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको खौषधि खुवाइने छ। करिब २५ लाख बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागिएको मन्त्रालयले जनाएको छ।
बालबालिकालाई नजिकैको महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकामार्फत भिटामिन ए र जुकाको औषधि खुवाउन सकिने मन्त्रालयले जनाएको छ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने