स्टार अस्पतालद्धारा कलेजो प्रत्यारोपण सम्बन्धी छलफल कार्यक्रमको आयोजना
हेल्थ टिभी अनलाइन \काठमाडौं : ललितपुरको सानेपास्थित स्टार अस्पतालले मृत्यु भइसकेका दाताको कलेजो प्रत्यारोपण सम्बन्धी एक दिने बृहत छलफल कार्यक्रमको आयोजना गरेको छ । सोमबार ललितपुरको संखमुलस्थित यल दरबारमा उक्त कार्यक्रम आयोजना गरिएको हो ।
कार्यक्रमको उद्घाटन सक्रमा अस्पतालका प्रबन्ध निर्देशक डा शैल रुपाखेतीले नेपालमा मानव अंग प्रत्यारोपणका क्षेत्रमा प्राइभेट क्षेत्रले पनि हातेमालो गर्नुपर्ने भन्दै स्टार अस्पतालले अन्तराष्ट्रिय विज्ञहरु बोलाएर यस्तो बृहत छलफल गरेको जनाए । उनले स्टार अस्पताल यो क्षेत्रमा सेवा दिन तयार रहेको भन्दै सबै पक्षको साथ र सहयोगको अपेक्षा गरेको समेत जिकीर गरे । कार्यक्रममा विज्ञहरुले मिर्गौला प्रत्योरोपणमा राम्रो प्रगति भएको भए पनि कलेजो प्रत्यारोपणमा भने खासै प्रगति हुन नसकेको जनाएका थिए । अझ ब्रेन डेथपछिको प्रत्यारोपण अघि बढ्नै नसकेको उनीहरुको भनाई थियो ।
विज्ञहरुले मरेपछि खेर जाने अंग दान दिँदा धेरैको ज्यान जोगिन्छ भन्ने कुरा आम नागरिकमा बुझाउन जरुरी रहेको समेत जनाए । काेरिया भारत, सिंगापुर लगायतका विज्ञहरुले आ आफनो देशमा भएका मानव अंग प्रत्यारोपणकाबारेमा प्रस्तुती दिएका थिए ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा रोशन पोखरेलले मानव अंग प्रत्यारोपणका क्षेत्रमा कानूनहरु संसोधन गर्नुपर्ने भए राय सुक्राव दिन आग्रह गरे । उनले जनमानसमा अझै पनि मरिसकेपछिको अंग दान गर्ने विषयमा सचेतना नभएको भन्दै यसमा पनि जोड दिनुपर्ने बताए ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण