डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ । गत साउन महिनायता देशभर डेंगु संक्रमण पुष्टि हुनेको संख्या ४० हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी मन्त्रालयकै रिपोर्ट अनुसार ४८ जनाको डेंगु संक्रमण भएर मृत्यु भएको छ । डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट हुने डेंगु विगतका तुलनामा यो वर्ष अत्यधिक बढेको पाइन्छ । देशका ७ वटै प्रदेशका ७७ जिल्लामा नै डेंगु संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी प्रभावित बागमती प्रदेश देखिएको छ ।
डेंगु संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, शरीरमा बिबिरा देखिने, कमजोरी महशुस हुने गर्दछ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण