Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो

डेंगु संक्रमितको संख्या ४० हजार नाघ्यो

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमितको संख्या ४० हजार नाघेको छ । गत साउन महिनायता देशभर डेंगु संक्रमण पुष्टि हुनेको संख्या ४० हजार २९ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यसैगरी मन्त्रालयकै रिपोर्ट अनुसार ४८ जनाको डेंगु संक्रमण भएर मृत्यु भएको छ । डेंगु संक्रमित लामखुट्टेको टोकाइबाट हुने डेंगु विगतका तुलनामा यो वर्ष अत्यधिक बढेको पाइन्छ । देशका ७ वटै प्रदेशका ७७ जिल्लामा नै डेंगु संक्रमण पुष्टि भइसकेको छ । सबैभन्दा बढी प्रभावित बागमती प्रदेश देखिएको छ ।

डेंगु संक्रमण हुँदा अत्यधिक ज्वरो आउने, शरीर दुख्ने, शरीरमा बिबिरा देखिने, कमजोरी महशुस हुने गर्दछ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार