बालबालिकालाई कार्तिक २ र ३ गते भिटामिन ‘ए’ र जुकाको औषधी खुवाइँदै
हेल्थ टिभी अनलाइन \काठमाडौं : सरकारले बालबालिकालाई यही कार्तिक २ र ३ गते भिटामिन ए र जुकाको औषधि खुवाउने भएको छ ।
६ महिनादेखि ६९ महिनासम्मका बालबालिकालाई भिटामिन ए र एकदेखि ५ वर्षसम्मका बालबालिकाका लागि जुकाको औषधि खुवाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आफनो घरबाट पायक पर्ने नजिकैको स्वास्थ्य संस्थामा गएर आफना बालबालिकाका लागि भिटामिन ए र जुकाको औषधि खुवाउन सबैलाई आग्रह गरेको छ । सरकारले भिटामिन ए र जुकाको औषधि खुवाउने कार्यलाई अभियानकै रुपमा राखेर निरन्तर सञ्चालन गर्दै आएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै