गत २४ घण्टामा ८ जना कोरोना संक्रमित थपिए, सक्रिय संक्रमित ५७३
हेल्थ टिभी अनलाइन\ काठमाडौं: गत २४ घण्टामा देशभर ८ जना नयाँ कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा १३ सय २९ जनाको नमुना परीक्षण गरिएकोमा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै देशभर सक्रिय कोरोना संक्रमितको संख्या ५७३ रहेको छ । यसैगरी यहीवच ६१ जना कोरोना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
उता संक्रमण हुने दर पनि घटिरहेको छ । नेपालमा हालसम्म कोरोना संक्रमणबाट १२ हजार १८ जनाको मृत्यु भएको छ ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’