नेपालमा डेंगु संक्रमितको संख्या ३२ हजार नाघ्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु संक्रमण पुष्टि हुनेको संख्या ३२ हजार नाघेको छ । शुक्रबारसम्मको तथ्यांक सार्वजनिक गर्दै स्वास्थ्य मन्त्रालयले डेंगु संक्रमितको संख्या ३२ हजार १२१ पुगेको जनाएको हो ।
यसैगरी डेंगु संक्रमण भएर ज्यान गुमाउनेको संख्या ४२ पुगेको छ । पछिल्लो समय नेपालमा डेंगु संक्रमण तीब्र रुपमा बढिरहेको छ भने घर घरमा डेंगु ज्वरोका बिरामी रहेका छन्। कतिपय बिरामी अति सिकिस्त नभएसम्म अस्पताल नजाने हुँदा कुल संक्रमितको संख्या अझै धेरै हुने अनुमान विज्ञहरुको छ ।
पानी पर्ने क्रम नरोकिएकाले अझै डेंगुको जोखिम हटिनसकेको भन्दै सबैलाई सतर्कता अपनाउन मन्त्रालयले आग्रह गरेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण