थप ११ जनामा कोरोना संक्रमण, देशभर सक्रिय संक्रमित ६८५ जना
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर पछिल्लो २४ घण्टामा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३२८ नमुना परीक्षण गरिएकोमा जम्मा ११ जनामा मात्र संक्रमण पुष्टि भएको हो ।
यसैगरी ५७ जना संक्रमित संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । अहिले देशभर जम्मा ६८५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेका छन्।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार १८ जनाको मृत्यु भएको छ भने निको हुने दर ९८ दशमलब ७ प्रतिशत रहेको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने