Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

चाडपर्वको बेलामा खानेकुरामा ध्यान दिनुपर्ने कुरा

चाडपर्वको बेलामा खानेकुरामा ध्यान दिनुपर्ने कुरा

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालीहरुको महान चाड दशैं तिहार नजिकिंदैछ । दशैं त घर आँगनमै आइसकेको छ । दशैंमा विशेष गरी मासुका विभिन्न परिकार बनाएर खाने चलन छ ।

याे बेला घर घरमै खसी बोका, कुखुरा आदी काटिने हुँदा यो बेला मासु धेरै नै हुने गर्छ । यसरी काटिएका मासुलाई सही रुपमा राख्न सकिएन भने यसले स्वास्थ्यमा असर पुराउन सक्छ । त्यसैले यसको सही व्यवस्थपान गर्न जरुरी हुन्छ । सकेसम्म मासु बासी राखेर नखाएकै राम्रो । राख्नै परेमा फ्रिजमा राम्ररी छोपेर राख्नुपर्छ । यसैगरी मासुलाई राम्ररी पकाएर मात्र खानु पर्दछ । नपाकेका खानेकुराले पखाला लागने, पेट दुख्ने तथा अपच हुनसक्छ । यसैगरी आगोमा पोलेका र तारेका मासु खानु स्वास्थ्यका लागि हानिकारक हुन्छन्।

अर्को कुरा मासु खाँदा सकेसम्म कम चिल्लो र कम बोसो भएको मात्र खानु पर्दछ । मासु खाएका बेला प्रसस्त हरिया सागसब्जी खाँदा यसलाई पचाउन सजिलो हुन्छ । यसैगरी बढी गुलिया मिठाई, चिसो पेय पदार्थ जस्ता खानेकुराबाट सकेसम्म टाढा नै रहेको राम्रो ।

चाडबाड त हो नी भन्दै कोची कोची खानेकुरा नखाउँ । परिवार, साथीभाईसँग चाडबाड रमाइलोसँग मनाउँ तर आफनो स्वास्थ्यको पनि ख्याल गरौं ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार