नेपालमा डेंगुबाट ३९ जनाको मृत्यु, ३० हजारभन्दा बढी पुगे बिरामी
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा शनिबारसम्म ३९ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार शनिबारसम्म देशभर ३९ जनाको डेंगुकै कारण मृत्यु भएको छ । यसैगरी ३० हजार १८६ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।
नेपालमा साउन उता संक्रमण दर बढ्दै यो अवस्थामा पुगेको मन्त्रालयले जनाएको छ । कुल संक्रमितमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा रहेका छन्। डेगु संक्रमित लामखुट्टेले टोकेमा डेंगु हुने गर्छ । यसबाट बच्ने एक मात्र उपाय भनेको लामखुट्टेको टोकाइबाट बच्नु हो ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’