मुटु दिवसमा ह्याम्स अस्पतालको वाकाथन
हेल्थ टिभी अनलाइन \काठमाडौं : विश्व मुटु दिवसको अवसरमा काठमाडौंको धुम्बाराहीस्थित ह्याम्स अस्पतालले वाकाथन कार्यक्रम गरेको छ ।
बिहिबार अस्पताल प्रांगणबाट निस्किएको र्याली रिंगरोड हुँदै नारायणगोपाल चोक पुगेर पुन अस्पताल फर्केर समापन भएको थियो । स्वस्थ मुटुको निम्ति नियमित व्यायामको महत्वलाई जोड दिने हेतुले अस्पतालले वाकाथन कार्यक्रमको आयोजना गरेकाे जनाएको छ ।
वाकाथनमा अस्पतालका चिकित्सक, कर्मचारी, स्वास्थ्यकर्मी, स्थानीय गरी सय बढी सहभागी भएका थिए । हरेक वर्षको सेप्टेम्बर २९ मा विश्व मुटु दिवस मनाउने गरिन्छ । यसपटकको मुटु दिवसको नारा ‘मन लगाउ, सबैको मुटु बचाउ’ रहेको छ ।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल