डेंगु संक्रमणका कारण मृत्यु हुनेको संख्या ३२ पुग्यो
हेल्थ टिभी अनलाइन\ काठमाडौं : देशभर डेंगु संक्रमणका कारण ३२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार डेंगु संक्रमण भएर मृत्यु हुनेको संख्या ३२ पुगेको छ । यसैगरी डेंगुबाट संक्रमित हुनेको संख्या २५ हजार ५४३ पुगेको मन्त्रालयले जनाएको छ ।
यो संख्या साउन यताको मात्र हो । सरकारले डेंगु नियन्त्रणका लागि भन्दै लामखुट्टेको अण्डा खोज र नष्ट गर अभियान सञ्चालन गरिरहेको छ । तर पनि डेंगु नियन्त्रण भने हुन सकिरहेको छैन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त