२४ हजारभन्दा बढी पुगे डेंगुका बिरामी, बागमती प्रदेशमै १९ हजार
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा लामखुट्टेको टोकाइबाट हुने डेंगु संक्रमण दिन प्रतिदिन बढिरहेको छ ।
आइतबारसम्म कुल संक्रमितको संख्या २४ हजार ४९२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको तथ्यांकमा उल्लेख छ । तीमध्ये १९ हजार डेंगुका बिरामी बागमती प्रदेशमा रहेका छन्। हालसम्म २९ जनाले डेंगुका कारण ज्यान गुमाएका छन्। देशका सातै प्रदेश र ७६ जिल्लामा फैलिएको डेंगु अब एउटा जिल्लामा मात्र फेला परेको छैन्।
नेपालमा पहिलोपटक वि सं २०६१ सालमा देखिएको डेंगुले बढी क्षति यसपटक गरेको देखिन्छ । डेंगु फैलाउने लामखुट्टे पहाडी क्षेत्रमा समेत सक्रिय हुन थालेका छन्। जबकी पहिले लामखुट्टे तराई भागमा मात्र देखिने गर्दथ्यो । सरकारले डेंगुबाट जोगिन पूरा बाहुला भएको लगाउन तथा आफनो घर- कार्यालय वरपर पानी जम्न नदिन आग्रह गर्दै आएको छ ।
सफा पानीमा अण्डा पार्ने यस लामखुट्टेले रातीभन्दा पनि बिहान र साँझ पख बढी टोक्ने हुँदा विशेष ख्याल गर्न आग्रह गरिएको छ । अहिले देशभर नै अस्पतालमा डेंगुका बिरामी अस्पताल भर्ना हुने क्रम बढिरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण