अध्ययन भन्छ : डेंगु संक्रमण भएका बिरामीमा लामखुट्टे बढी आकर्षित
हेल्थ टिभी अनलाइन : डेंगु र जीका भाइरसले संक्रमण गरेपछि मानिसको शरीरबाट निस्किने गन्धमा परिवर्तन आउने एउटा अध्ययनले देखाएको छ। यसबारे वैज्ञानिक जर्नल सेलमा एउटा शोध प्रकाशित भएको छ।
ती भाइरसका कारण परिवर्तित गन्धले लामखुट्टेलाई थप आकर्षित गर्ने र लामखुट्टेले टोकेपछि संक्रमित व्यक्तिबाट भाइरस अरूमा सर्ने सम्भावना बढ्ने वैज्ञानिकहरूले बताएका छन् । चीनको सेन्टर फर डीजिज कन्ट्रोल एन्ड प्रिभेन्शन र बेइजिङस्थित चिङ्ख्वा विश्वविद्यालयसहित विभिन्न चिनियाँ प्रयोगशालामा कार्यरत वैज्ञानिकहरूले मुसालाई डेंगु भाइरसबाटसंक्रमित गराएर परीक्षण गरेका थिए।
संक्रमित मुसाको छालामा पाइएको एउटा गन्धयुक्त यौगिकका कारण लामखुट्टेले तिनलाई टोक्ने सम्भावना निकै धेरै बढेको पाइयो । उक्त यौगिक एसिटोफेनन भएको पहिचान भयो। डेंगु वा जीका भाइरस संक्रमण भएका मानिसमा त्यो यौगिक बढी उत्पादित हुन्छ।
परीक्षणमा सहभागी स्वयंसेवकहरूका हातमा एसिटोफेनन दल्दा लामखुट्टे आकर्षित भएको पाइयो। वैज्ञानिकहरू अहिले उक्त यौगिकलाई लक्ष्य बनाउनेगरी उपचारको खोजीमा लागेका छन्।
बीबीसीबाट :





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण