चिकित्सक लाइसेन्स परीक्षामा ४२ प्रतिशत मात्र उत्तीर्ण
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल मेडिकल काउन्सिलको शनिवार सम्पन्न ६४ औं चिकित्सक दर्ता लाइसेन्स परीक्षामा ४२ प्रतिशत विद्यार्थी मात्र उत्तीर्ण भएका छन् ।
काउन्सिलका रजिष्टार डा कृष्ण प्रसाद अधिकारीका अनुसार मेडिकल तर्फ १ हजार ६८६ जना र डेन्टल तर्फ ३५३ जना गरी कुल २ हजार ३९ जना सहभागी भएकोमा क्रमश ७४० ( ४३.८९) प्रतिशत र १२३ (३४ .८४ ) प्रतिशत गरी कुल १ हजार १७६ (४२. ३२ ) प्रतिशत उत्तीर्ण भएका हुन् ।
परीक्षाका लागि कुल २ हजार ६० जनाले फारम भरेका थिए । उनीहरूमध्ये २१ जना अनुपस्थित भएका थिए । परीक्षामा मेडिकल तर्फका एक जनाको नतिजा विथेल्ड गरिएको काउन्सिलले जनाएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण