डेंगुका कारण मृत्यु हुनेको संख्या २९ पुग्यो, संक्रमित झण्डै २३ हजार
हेल्थ टिभी अनलाइन काठमाडौं : नेपालमा साउन महिना यता २९ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशमा साउन महिना यता २९ जनाको डेंगुका कारण ज्यान गएको हो । यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै २३ हजार नजिक पुगेको छ । डेंगु संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको छ ।
बागमतीमा मात्रै १७ हजार ७३१ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशमा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने हाल ७६ जिल्लामा यो फैलिएको छ ।
डेंगु संक्रमण संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै हो । त्यसका लागि सरकारले डेंगु नियन्त्रणका लागि लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्ने अभियान चलाइरहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण