नेपालमा साउन यता डेंगुबाट २७ जनाको मृत्यु, २१ हजारभन्दा बढी संक्रमित
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा साउन महिना यता २७ जनाको डेंगु संक्रमणबाट मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहिबारसम्मको तथ्यांक अनुसार देशमा साउन महिना यता अर्थात दुई महिनामै २७ जनाको डेंगुका कारण ज्यान गएको हो । यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या नै २१ हजार ३५२ पुगेको छ । डेंगु संक्रमण सबैभन्दा बढी बागमती प्रदेशमा पुष्टि भएको छ ।
बागमतीमा मात्रै १६ हजार २३६ जनामा डेंगु पुष्टि भएको मन्त्रालयले जनाएको छ । सातै प्रदेशमा डेंगु संक्रमण पुष्टि भइसकेको छ भने हाल ७५ जिल्लामा यो फैलिएको छ ।
डेंगु संक्रमण संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्छ । यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्नु नै हो । त्यसका लागि सरकारले डेंगु नियन्त्रणका लागि लामखुट्टेको अण्डा तथा लार्भा नष्ट गर्ने अभियान चलाइरहेको छ । सरकारले मात्र डेंगु नियन्त्रण सम्भव नभएको भन्दै घर घरबाट लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउन आग्रह गरिएको छ ।
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै