नेपालमा डेंगुका कारण ज्यान गुमाउनेको संख्या २४ पुग्यो
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु रोगका कारण दुई महिनामा नै ज्यान गुमाउनेको संख्या २४ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार जारी गरेको तथ्यांक अनुसार साउन यता देशभर २४ जनाको ज्यान गएको हो । सबैभन्दा बढी ललितपुरका रहेका छन्।
उता हालसम्म १९ हजार २३ जनामा डेंगु संक्रमण पुष्टि भइसकेको छ । बागमती प्रदेशमा १४ हजार १५३ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । त्यसपछि लुम्बिनी प्रदेशमा २ हजार ६८३ रहेका छन्।
अहिले देशका ७५ जिल्लामा डेंगु संक्रमण देखिएको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण