दुई महिनामा डेंगुबाट २० जनाको मृत्यु, १६ हजार नाघ्यो संक्रमितको संख्या
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा दुई महिनामा २० जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
यसैगरी डेंगु संक्रमण पुष्टि हुनेको संख्या १६ हजार ५८७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयले यो संख्या साउन महिना यताको भएको जनाएको छ । नेपालमा डेंगु संक्रमण दिन प्रतिदिन बढिरहेको छ भने अहिले सात प्रदेशका ७५ जिल्लामा डेंगु पुष्टि भइसकेको छ ।
मनाङ र हुम्ला दुई जिल्लामा मात्र डेंगु देखिएको छैन्। डेंगु संक्रमण संक्रमित लामखुट्टेको टोकाइबाट सर्ने गर्छ ।
सबैभन्दा धेरै डेंगु संक्रमण बागमती प्रदेशमा देखिएको छ । बागमतीमा मात्रै १२ हजार ४०१ जनामा डेंगु पुष्टि भएको छ ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने