Health TV Online
Health TV Online
Health TV Online

नेपालमा कोरोना संक्रमण घट्दै, डेंगु संक्रमण बढ्दै

नेपालमा कोरोना संक्रमण घट्दै, डेंगु संक्रमण बढ्दै

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो समय कोरोना संक्रमण दर घट्ने क्रममा देखिएको छ ।

आइतबार कोरोना संक्रमण सय भन्दा कममा झरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । गत २४ घण्टामा २ हजार ८८२ जनाको नमुना परीक्षण गर्दा ५९ जनामा मात्र कोरोना पुष्टि भएको हो । यसैगरी देशभर डेंगु संक्रमण भने बढ्ने क्रममा छ ।

नेपालमा हालसम्म १३ हजार भन्दा बढीमा डेंगुको संक्रमण पुष्टि भएको छ भने १३ जनाको मृत्यु भइसकेको छ । पानी परिरहेकाले अझै एक महिना डेंगुको जोखिम रहने भन्दै सतर्कता अपनाउन स्वास्थ्य मन्त्रालयले सबैलाई आग्रह गरेको छ ।

डेंगु भाइरस संक्रमित लामखुट्टेको टोकाइबाट डेंगु रोग लाग्ने गर्छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार