Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर, महासचिवमा डा खराल

राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर, महासचिवमा डा खराल

हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको केन्द्रीय अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन्।

संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको महासचिवमा डा पुष्पमणि खराल चयन भएका छन्।

यस्तै, संघको उपाध्यक्षमा डा नवीन पोखरेल, डा रक्षा श्रेष्ठ र डा रञ्जीत झा चयन भएका छन्। सचिवहरुमा डा छवि पन्थी, डा मिलन गैरे र डा कृष्टिना श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा डा सुनिल गजुरेल चयन भएका छन्।

प्रदेश इन्चार्जहरुमा १ नम्बर प्रदेशबाट डा प्रमोद बराल, मधेश प्रदेशमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदिस थापा, उपत्यकामा डा कालुसिंह खत्री, गण्डकीमा डा डेविड श्रेष्ठ, लुम्बिनीमा डा सागर न्यौपाने, कर्णालीमा डा कविराज पौडेल र सुदूरपश्चिममा डा निरज अर्याल निर्वाचित भएका छन्।

सदस्यहरुमा डा दिपेन्द्र पाण्डे, डा मदन न्यौपाने, डा गोविन्द भण्डारी, डा उदयनारायण सिंह, डा प्रकाश ज्ञवाली, डा विनोद खानाल, डा अमन न्यौपाने, डा डेविड श्रेष्ठलगायत ४२ जना छन्।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार