राष्ट्रिय चिकित्सक संघको अध्यक्षमा डा जागेश्वर, महासचिवमा डा खराल
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेकपा एमाले निकट चिकित्सकहरुको संगठन राष्ट्रिय चिकित्सक संघ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। संघको केन्द्रीय अध्यक्षमा प्राडा जागेश्वर गौतम निर्वाचित भएका छन्।
संघको दोस्रो राष्ट्रिय अधिवेशनले डा गौतमको अध्यक्षतामा ५१ सदस्य कार्यसमिति सर्वसम्मत चयन गरेको हो। संघको महासचिवमा डा पुष्पमणि खराल चयन भएका छन्।
यस्तै, संघको उपाध्यक्षमा डा नवीन पोखरेल, डा रक्षा श्रेष्ठ र डा रञ्जीत झा चयन भएका छन्। सचिवहरुमा डा छवि पन्थी, डा मिलन गैरे र डा कृष्टिना श्रेष्ठ चयन भएका छन् भने कोषाध्यक्षमा डा सुनिल गजुरेल चयन भएका छन्।
प्रदेश इन्चार्जहरुमा १ नम्बर प्रदेशबाट डा प्रमोद बराल, मधेश प्रदेशमा डा महेश महासेठ, बागमती प्रदेशमा डा जगदिस थापा, उपत्यकामा डा कालुसिंह खत्री, गण्डकीमा डा डेविड श्रेष्ठ, लुम्बिनीमा डा सागर न्यौपाने, कर्णालीमा डा कविराज पौडेल र सुदूरपश्चिममा डा निरज अर्याल निर्वाचित भएका छन्।
सदस्यहरुमा डा दिपेन्द्र पाण्डे, डा मदन न्यौपाने, डा गोविन्द भण्डारी, डा उदयनारायण सिंह, डा प्रकाश ज्ञवाली, डा विनोद खानाल, डा अमन न्यौपाने, डा डेविड श्रेष्ठलगायत ४२ जना छन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण