अस्पतालमा रगत अभाव हुन नदिन रक्तदान कार्यक्रम
हेल्थ टिभी अनलाइन \काठमाडौं : डेंगु रोगको संक्रमण फैलिएर अस्पतालहरुमा रगतको अभाव हुन थालेपछि रगतको अभाव हुन नदिनका लागि नेपाल मानव धर्म सेवा समिति र लायन्स क्लव अफ काठमाडौं, ब्राभोले संयुक्त रुपमा रक्तदान कार्यक्रम गरेका छन् ।
‘रक्तदान जीवनदान, आत्मज्ञान अति महान, सेवा गर्ने हाम्रो अभियान’ नारामा साथ मानव धर्मका प्रणेता सतपालजी महाराजको जन्मोत्सवका अवसरमा गौशालामा आज आयोजना गरिएको रक्तदान कार्यक्रममा काठमाडौं महानगरपालिका वडा नम्बर ८का अध्यक्ष आशाराम संगतले रक्तदान गरेर कार्यत्रमको उद्घाटन गरे । उनले विपदका समयमा मानिसको जीवन बचाउनका लागि रगतदान सबैभन्दा ठूलो बरदान भएको बताए ।
प्रहरी वृत्त गौशलाका प्रमुख सन्जीवबाबु खड्काले आफूले पनि रक्तदान गर्दै डेंगु रोगकोे संक्रमण फैलिएर भयावह भइरहेको अवस्थामा स्वतस्फूर्त रुपमा रक्तदान गर्नु र गराउनु महत्वपूर्ण भएको बताए ।
इनद्रेणी कार्यक्रमका सञ्चालक कृष्ण कँडेलले मानवको जीवन रक्षाका लागि रक्तदान सबैभन्दा महत्वपूर्ण कार्य भएको भन्दै आफूले रक्तदानजस्ता सामाजिक काममा सधै सहयोग गर्ने जिकीर गरे ।
रक्तदान कार्यक्रमका संयोजक नवीन कोइरालाले अस्पतालहरुमा रगतको अभावका कारण कुनै पनि विरामीको मृत्यु हुन नपरोस र सानो सहयोग भएपनि गर्न सकियोस भन्ने उद्देश्यले रक्तदान कार्यक्रमको आयोजना गरेको बताए ।
कार्यक्रममा ७१ पिन्ट रक्त संकलन भएको थियो भने उक्त रगत आजै ज्ञानेश्वरस्थित हिमाल अस्पताललाई प्रदान गरिएको छ ।
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?
आजदेखि सात जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइँदै
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !