दन्त चिकित्सक डा सरु थापालाई ‘बेस्ट डेन्टल च्यारिटी अवार्ड’
हेल्थ टिभी अनलाइन \काठमाडौं : चितवनकी दन्त चिकित्सक एवम समाजसेवी डा सरु थापालाई ‘बेस्ट डेन्टल च्यारिटी अवार्ड २०२२’ प्रदान गरिएको छ । डा थापाले विपदको समयमा दन्त चिकित्साको क्षेत्रमा उत्कृष्ट सामाजिक काम गरेको भन्दै उनलाई उक्त अन्तराष्ट्रिय अवार्ड प्रदान गरिएको हो । ‘इन्टरनेसनल अवार्ड अफ एक्सिलेन्स इन डेन्टिस्ट्रीले उक्त अवार्ड’ प्रदान गरेको हो । यसलाई दन्त चिकित्सा क्षेत्रको उत्कृष्ट अवार्ड मानिन्छ ।
भारतको चेन्नईमा भएको कार्यक्रममा दन्त चिकित्सक डा थापालाई उक्त अवार्ड प्रदान गरिएको हो। डा थापाले हेल्थ टिभी अनलाइनसँग कुरा गर्दै आफूलाई अवार्डका लागि छनौट गरेकोमा निकै खुशी लागेको बताइन । उनले भनिन, ‘मैले अवार्ड पाउँछु भनेर काम गरेको हैन यो त मेरो सामाजिक उत्तरदायित्व हो।’ उनले विश्वभरीबाट छानिएर नेपालबाट आफ्नो नाम आउनु आफनो मात्र नभएर देशकै लागि गौरवको कुरा भएको जिकीर गरिन। यसले आफूलाई अझ धेरै दुखी गरिबहरुको सेवामा लाग्न प्रेरणा मिलेको भन्दै आयोजक तथा शुभचिन्तकलाई धन्यवाद दिइन।
विपन्न समुदायका लागि र विपदको समयमा उत्कृष्ट सामाजिक सेवा गरेवापत उनलाई यो अन्तर्राष्ट्रिय अवार्डबाट पुरस्कृत गरिएको आयोजकले जनाएका छन्। डा थापाले चितवनमा बसेर विकट गाउँ तथा अनाथालय, वृद्ध आश्रम लगायतमा पुगेर निशुल्क स्वास्थ्य शिविर तथा राहत वितरण गर्दै आएकी छिन्।
आफनो चिकित्सा पेशासँगै समाजसेवामा सक्रिय डा थापालाई गत वर्ष विश्व दन्त परिषदले उत्कृष्ट प्रेरणादायी महिला चिकित्सक समेत घोषणा गरेको थियो।
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल