डेंगुबाट हालसम्म १३ जनाको मृत्यु, १३ हजारमा संक्रमण पुष्टि
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा पछिल्लो २ महिनामा १३ जनाको डेंगु संक्रमणका कारण मृत्यु भएको छ ।
यसैगरी हालसम्म १३ हजार ७ जनामा डेंगु संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । देशका सातै प्रदेशमा र ७५ जिल्लामा डेंगु फैलिएको छ भने यो संक्रमण दर दिन प्रतिदिन बढिरहेको छ । नेपालमा पहिलाेपटक विस २०६१ मा डेंगुको बिरामी फेला परेको र त्यसयता प्रत्येक वर्ष डेंगु संक्रमण देखिंदै आएको मन्त्रालयले जनाएको छ ।
यसपटक बागमती प्रदेशमा सबैभन्दा बढी डेंगु पुष्टि भएको छ । कुल संक्रमितमध्ये ९ हजार ९७१ जना बागमती प्रदेशमा रहेका छन् । त्यसपछि लुम्बिनीमा १५ सय १० र तेस्रोमा प्रदेश १ मा ४१७ जना रहेका छन्।
डेंगु लामखुट्टेको टोकाईबाट सर्ने हुँदा यसबाट बच्न लामखुट्टेको टोकाइबाट बच्न अपनाउनुपर्ने सबै सतर्कता अपनाउन सरकारले सबैलाई आग्रह गरेको छ ।
आज विश्व रेडक्रस दिवस मनाइँदै
गण्डकी प्रदेशको स्वास्थ्य मन्त्रीमा सीता सुन्दास नियुक्त
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र