Health TV Online
Health TV Online
Health TV Online

डा गोविन्द केसीको मागप्रति हामी गम्भीर छौं : स्वास्थ्य राज्यमन्त्री

डा गोविन्द केसीको मागप्रति हामी गम्भीर छौं : स्वास्थ्य राज्यमन्त्री

हेल्थ टिभी अनलाइन\काठमाडौं :  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले चिकित्सा शिक्षा सुधारको माग राख्दै अनसनरत डा गोविन्द केसीको माग प्रति आफू गम्भीर रहेको बताएका छन् ।

स्वास्थ्य राज्यमन्त्री केसीले डा केसीले उठाएका मागहरुका विषयमा गहन छलफल भइरहेको समेत बताएका छन्। उनले भने, ‘ डा केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको विषयप्रति स्वास्थ्य मन्त्रालयकाे ध्यानाकर्षण भएको छ । यो विषयलाई समाधान गर्न अन्तरमन्त्रालय समन्वय आवश्यक छ । हामीले यस विषयमा छलफल गरिरहेका छौं । ‘

डा केसी भदौ २७ गतेदेखि धनगढीमा आमरण अनसनमा छन्। अनसन बसेको तेस्रो दिन नै उनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ । उनको स्वास्थ्य अवस्था खस्कँदै गएको छ ।

तोकिएको दरबन्दीअनुसारको क्षमताभन्दा बढी बेडमा चलिरहेका देशका सबै सरकारी अस्पतालको दरबन्दी तत्काल हालको बेड संख्याअनुसार बढाइनुपर्ने, जनसंख्याको वृद्धिअनुसार सरकारी स्वास्थ्य केन्द्र र अस्पतालको निर्माण, स्तरोन्नति र गुणस्तर वृद्धि सुनिश्चित गरिनुपर्ने लगायतका ६ बुँदै माग राख्दै डा केसी २० औं पटक अनसनरत छन् ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार