डेंगुका बिरामीका लागि काठमाडौं महानगरले सुरु गर्यो नि: शुल्क हटलाइन सेवा
हेल्थ टिभी अनलाइन \काठमाडौं : काठमाडौं महानगरपालिकाले डेंगु संक्रमण बढेसँगै नि:शुल्क हटलाइन टेलिफाेन र एम्बुलेन्स सेवा सुरु गरेको छ । महानगरका प्रमुख बालेन शाहले डेंगुका बिरामीले आवश्यक पर्दा १०२ मा फोन गरेर नि: शुल्क एम्बुलेन्स सेवा लिन सक्ने बताएका हुन्।
मेयर शाहले डेंगु संक्रमित भए वा संक्रमित भएको शंका लागेमा ११८० मा फोन गरेर स्वास्थ्यकर्मीहरूसँग परामर्श गर्न सकिने पनि बताएका छन्। साथै महानगरले डेंगुका रोकथाम र नियन्त्रणमा आफ्नो घर घर र टोल टोलमा सबै जना सक्रिय भएर लाग्न पनि उनले आग्रह गरेका छन्।
उनले डेंगु समुदायमा फैलिसकेकाले त्यसको रोकथाम र नियन्त्रणका लागि सचेतना तथा क्रियाशीलताको आवश्यकता रहेको पनि बताए ।
मातृ तथा नवजात शिशु मृत्युदर घटाउन मिडवाइफको भूमिका महत्वपूर्ण
अत्यधिक विषादी राखिएका तरकारी र फलफूलले क्यान्सर भयावह बन्दै : विज्ञ
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो