पोषणविद कविता महर्जनको ‘पोषण व्यवस्थापन र यसको महत्व’ पुस्तक सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत पोषणविद कविता महर्जनको पोषणको महत्व र व्यवस्थापन सम्बन्धी पुस्तक सार्वजनिक भएको छ ।
वरिष्ठ क्यान्सर विशेषज्ञ तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. सुदिप श्रेष्ठ, लेखक तथा विकासविद दिपक चौधरी, पोषणविद कविता महर्जन, र बुवा राम नारायणले पुस्तक सार्वजनिक गरेका हुन्।
‘पोषण व्यस्थापन र यसको महत्व’ मा विभिन्न रोगहरुको उपचारमा पोषणको महत्व तथा व्यवस्थापनलाई सचित्र नियाल्ने प्रयास गरिएको छ । क्यान्सरको उपचारमा पोषणको विशेष महत्व रहेको कुरालाई सविस्तार व्याख्या गरिएको छ ।
विश्व मै हालसम्म पनि क्यान्सरलाई ठूलो रोगको रुपमा मानिन्छ र यसको उपचार पनि महँगो छ । क्यान्सर उपचारको मुख्य विधि केमोथेरापी हो र केमोथेरापीपछि सही पोषण व्यवस्थापन नहुँदा रोग झनै बल्झिने र मुत्युसम्म हुने गर्दछ ।
क्यान्सर अस्पतालमा पोषणविद्को रुपमा कार्यरत कविता महर्जनले केमोथेरापी उपचारमा पोषणको सही प्रयोगले क्यान्सर निको हुनमा सघाउने बताएकी छिन्। यसमा केही केश अध्ययनहरु पनि राखिएको छ । दिगो विकास तथा शान्ति यात्राले यो पुस्तक प्रकाशित गर्नमा सघाएको हो ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने