पोषणविद कविता महर्जनको ‘पोषण व्यवस्थापन र यसको महत्व’ पुस्तक सार्वजनिक
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरमा कार्यरत पोषणविद कविता महर्जनको पोषणको महत्व र व्यवस्थापन सम्बन्धी पुस्तक सार्वजनिक भएको छ ।
वरिष्ठ क्यान्सर विशेषज्ञ तथा नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरका अध्यक्ष डा. सुदिप श्रेष्ठ, लेखक तथा विकासविद दिपक चौधरी, पोषणविद कविता महर्जन, र बुवा राम नारायणले पुस्तक सार्वजनिक गरेका हुन्।
‘पोषण व्यस्थापन र यसको महत्व’ मा विभिन्न रोगहरुको उपचारमा पोषणको महत्व तथा व्यवस्थापनलाई सचित्र नियाल्ने प्रयास गरिएको छ । क्यान्सरको उपचारमा पोषणको विशेष महत्व रहेको कुरालाई सविस्तार व्याख्या गरिएको छ ।
विश्व मै हालसम्म पनि क्यान्सरलाई ठूलो रोगको रुपमा मानिन्छ र यसको उपचार पनि महँगो छ । क्यान्सर उपचारको मुख्य विधि केमोथेरापी हो र केमोथेरापीपछि सही पोषण व्यवस्थापन नहुँदा रोग झनै बल्झिने र मुत्युसम्म हुने गर्दछ ।
क्यान्सर अस्पतालमा पोषणविद्को रुपमा कार्यरत कविता महर्जनले केमोथेरापी उपचारमा पोषणको सही प्रयोगले क्यान्सर निको हुनमा सघाउने बताएकी छिन्। यसमा केही केश अध्ययनहरु पनि राखिएको छ । दिगो विकास तथा शान्ति यात्राले यो पुस्तक प्रकाशित गर्नमा सघाएको हो ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण