यात्रामा निस्किँदा अनिवार्य बोक्नुपर्ने प्राथमिक उपचारका सामग्री

हेल्थ टिभी अनलाइन: तपाइँ हामी विभिन्न काम विशेष तथा घुम्न देश विदेश गइरहन्छौँ। यसरी घुम्न जाँदा धेरै कुरा याद गर्नुपर्ने हुन्छ। त्यसमध्ये सबैभन्दा महत्त्वपूर्ण हो, आफूलाई चाहिने औषधि।
हामी देशभित्र होस् या बाहिर जाँदा आफूले खाने औषधि साथमा लिएर जान बिर्सिन हुँदैन। घुम्न जाने ठाउँको मौसम र वातावरण जानी राख्नुपर्छ। वातावरणका कारण पनि बिरामी पर्न सक्ने सम्भावना हुन्छ। त्यसलाई मध्यनजर राख्दै त्यही बमोजिम योजना बनाउनुपर्छ।
यात्रामा निस्किँदा मौसम,वातावरण र खानेकुरा नमिलेर पनि बिरामी पर्ने सम्भावना हुन्छ। त्यसैले पनि यात्रामा निस्कदा हातखुट्टा दुख्ने, ज्वरो आउने,रुघाखोकी लाग्ने हुनसक्छ। त्यसै पनि प्राथमिक उपचारका सामग्री बोकेर हिँड्नुपर्छ।
खाना नमिल्दा पनि समस्या आउन सक्छ यस्तो अवस्थामा डाइजिन अथवा खाना पचाउने औषधि साथमा राख्दा राम्रो हुन्छ। आफूले नचिनेको ठाउँमा औषधि भेटिन्छ वा भेटिँदैन थाहा हुँदैन। त्यही ब्राण्डको औषधि नभेटिन पनि सक्छ। यात्रामा निस्किँदा यस्ता कुरामा ध्यान पुर्याउन सके यात्रा स्वस्थकर र सुखमय बन्न सक्छ।
छोकडा खानुका यी हुन् फाइदा
परोपकार प्रसुति अस्पतालमा सिमुलेशन ल्याब सञ्चालनमा
छुटेका बालबालिकालाई खोप लगाइँदै
नेपाल क्यान्सर अस्पतालको तेस्रो वार्षिक साधारण सभा सम्पन्न
ह्याम्स अस्पतालको स्वास्थ्य सरोकार बहस, गुणस्तरीय सेवामा जोड