काठमाडौं महानगरमा असोज १ बाट सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ निषेध
हेल्थ टिभी अनलाइन\ काठमाडौं : काठमाडौं महानगरपालिकाले सार्वजनिक क्षेत्रमा आगामी असोज १ गतेदेखि सबै प्रकारका सुर्तीजन्य पदार्थ निषेध गरेको छ।
महानगरपालिकाले बिहीबार एक सूचना जारी गर्दै असोज १ गतेदेखि सार्वजनिक स्थलमा सबै प्रकारका सुर्तीजन्य पदार्थ जस्तै चुरोट, बिंडी, तमाखु, सिगार, कक्कड, कच्चा सुर्ती, खैनी गुट्खा वा त्यस्तै प्रकारका अन्य पदार्थ सेवन गर्न प्रतिबन्ध लगाइएको जनाएको हो ।
महानगरपालिकाले सार्वजनिक स्थललाई सुर्तीजन्य पदार्थमुक्त क्षेत्र घोषणा गर्न सबैलाई सहयोग गरिदिन पनि आग्रह गरेको छ।
महानगरगले यो सूचना अटेरी गरी सुर्तीजन्य पदार्थको सेवन गरेको पाइएमा सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन गर्ने ऐन २०६८ अनुसार कारवाही र जरिवाना गरिने समेत जनाएको छ । सरकारले ११ वर्ष अघि नै सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको सेवन गर्न नपाइने कानून ल्याएको भए पनि यसको पूर्ण रुपमा कार्यान्वयन हुन भने सकिरहेको छैन्।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण