सातै प्रदेशमा फैलियो डेंगु, कुन प्रदेशमा कति ?
हेल्थ टिभी अनलाइन\ काठमाडौं : नेपालमा डेंगु रोगका बिरामीको संख्या दिन प्रतिदिन बढिरहेको छ । अहिले देशका सातै प्रदेशमा डेंगु रोग फैलिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । महाशाखाका अनुसार हुम्ला र मुस्ताङबाहेक सात प्रदेशका ७५ जिल्लामा डेंगुका बिरामी फेला परेका छन्।
महाशाखाको तथ्यांक अनुसार गत साउन यता देशमा ८ हजार ३२७ जनामा डेंगु पुष्टि भइसकेको छ । मनसुन छिटो सुरु भएकाले पनि यसपटक छिटो नै डेंगुका बिरामी देखिन थालेको महाशाखाका निर्देशक डा चुमनलाल दास बताउँछन्। उनले भने, ‘डेंगु सामान्यतया भदौ अन्तिमतिर देखिन सुरु गर्नुपर्ने हो तर यसपटक पानी छिटै परेकाले वैशाखदेखि नै फाट्टफुट्ट बिरामी देखिए । साउन यता भने यो दर निकै बढेको हो ।’अहिले बाग्मती प्रदेशमा सबैभन्दा बढी डेंगुका बिरामी देखिएका छन्।
महाशाखाका अनुसार प्रदेश १ मा २८२ जना, मधेश प्रदेशमा १४४ जना, बाग्मतीमा ६ हजार २०५ जना, गण्डकीमा १५० जना, लुम्बिनीमा १२ सय ८४ जना, कर्णालीमा ५६ जना र सुदूरपश्चिममा २०६ जनामा डेंगु देखिएको छ । यो संख्या भदौ २५ गतेसम्मको मात्र हो ।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने