जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणी निर्वाचित
हेल्थ टिभी अनलाइन \काठमाडौं : जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सक संघको अध्यक्षमा डा पुष्पमणी खराल निर्वाचित भएका छन् ।
आज नेपाल चिकित्सक संघको केन्द्रिय कार्यालय काठमाडौंमा भएको निर्वाचनमा डा खराल आफ्ना प्रतिष्पर्धी डा भोलाराम श्रेष्ठलाई हराउँदै निर्वाचित भएका हुन्। जम्मा ९१ मत खसेकोमा डा खरालले ५३ मत पाएर विजयी भए भने डा श्रेष्ठले ३८ मत प्राप्त गरेका थिए ।
तेह्र सदस्यीय नयाँ कार्यसमितीमा अध्यक्ष पदका लागि मात्रै निर्वाचन भएको थियो भने अन्य सबै पदमा निर्विरोध निर्वाचित भएका थिए । अध्यक्ष पदमा भने सहमती नभएपछि शनिबार निर्वाचन भएको हो ।
कार्यसमितीको वरिष्ठ उपाध्यक्षमा डा संजीव तिवारी, उपाध्यक्षमा डा सर्वेश शर्मा, महासचिवमा डा विश्वराज दवाडी, सचिवमा डा सुरेस नेपाल, सहसचिवमा डा विकास गौचन, सह कोषाध्यक्षमा डा रोहेन्द्र पाण्डे निर्विरोध निर्वाचित भएका हुन् ।
यसैगरी सदस्यहरुमा डा आरती शाह, डा बिनोद दंगाल, डा संजय कुमार गुप्ता, डा सन्तोष बाँस्तोला, डा तीर्थमान श्रेष्ठ र डा त्रिभुवन चन्द्र झा निर्विरोध निर्वाचित भएका छन्।
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने