Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

आज विश्व आत्महत्या रोकथाम दिवस मनाइँँदै

आज विश्व आत्महत्या रोकथाम दिवस मनाइँँदै

हेल्थ टिभी अनलाइन \काठमाडौं :  ‘आशा जगाऔंं, जीवन बचाऔं ‘भन्ने नाराका साथ आज विश्व आत्हत्या रोकथाम दिवस मनाइँदैछ । हरेक वर्ष सेप्टेम्बर १० मा यो दिवस मनाउने गरिन्छ । यही क्रममा नेपालमा पनि स्वास्थ्य मन्त्रालयले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदैछ ।

नेपालमा कोभिड १९ को महामारी, सन २०१५ मा गएको महाभुकम्प, शहर केन्द्रित बसाई सराई अमिल्दो, सामाजिक तथा आर्थिक गतिविधिका कारण आत्महत्याको संख्या दिन प्रतिदिन बढिरहेको नेपाल प्रहरीको तथ्यांकले जनाएको छ । विगत १० वर्षको अविधिमा नेपालमा ५३ हजार २९८ जनाले आत्महत्याका कारण ज्यान गुमाएको तथ्यांक छ ।  यो संख्या अत्यधिक धेरै भएको विज्ञहरु बताउँछन्।

आत्महत्या एक संवेदनशिल तथा जटिल विषय भएकाले एउटा मात्र निकायको प्रयासले नभई सबै क्षेत्रले साझा र एकीकृत सवालको रुपमा लिई ठोस कदम चाल्न अत्यन्त जरुरी रहेको विज्ञहरुको भनाई छ ।

 

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार