थप १५२ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार २९४ जनाको नमुना परीक्षण गरिएकोमा १५२ जनामा कोरोना पुष्टि भएको हो । यसैगरी आज २ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमण भएर ज्यान गुमाउनेको संख्या १२ हजार १२ पुगेको छ । अहिले देशभर २ हजार ४४८ जना सक्रिय संक्रमित रहेका छन्। नेपालमा कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ६ प्रतिशत रहेको छ ।
ई- सिगरेटको आयात तथा बिक्री वितरण रोक्ने व्यवस्था कार्यान्वयन गर्न स्वास्थ्य मन्त्रालयको पत्र
वायु प्रदूषण बढेकाले सावधानी अपनाउन अपिल
औषधीय गुणले भरिपूर्ण सिस्नो
कर्णालीमा पहिलोपटक कम्युनिटी मेन्टल हेल्थ सम्बन्धी अन्तराष्ट्रिय सम्मेलन हुँदै
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने