कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकद्धारा सामूहिक राजीनामाको घोषणा
हेल्थ टिभी अनलाइन \काठमाडौं : जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक तथा स्वास्थ्यकर्मीले सामूहिक राजीनामाको घोषणा गरेका छन्। उनीहरुले आफूहरुले शान्ति सुरक्षाको प्रत्याभुति गर्न नसकेको भन्दै सामूहिक राजीनामाको घोषणा गरेका हुन्। प्रतिष्ठानका उपकुलपति डा मंगल रावललाई पत्र लेख्दै राजीनामा घोषणा गरेका चिकित्सक तथा स्वास्थ्यकर्मीले स्थानीय प्रशासनलाई समेत बोधार्थ दिएका छन्।
गत भदौ २ गते अस्पतालमा ड्युटीमा रहेका डा करण साहमाथि प्रतिष्ठानकै कर्मचारीले कुटपिट गरेका थिए। उक्त घटनालाई बढाइचढाई गरी पिडित डा साहमाथि नै झुटा मुद्धा दायर गरी पक्राउ पुर्जी जारी गरेपछि उनीहरु आनदोलनमा उत्रिएका हुन्। उनीहरुले डा साहमाथि जारी पक्राउ पुर्जी तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन्। डा साहलाई कुट्ने कर्मचारीलाई प्रतिष्ठानले ४५ दिन निलम्बन गरेको छ ।
राजीनामा दिनेहरुले पिडक प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेकै बेला केही व्यक्तिहरुले बच्चाको बहाना बनाई असुरक्षित वातावरण बनाएको भन्दै यस्तो भयावह वातावरणमा सेवा दिन नसक्ने जनाएका छन् । उनीहरुले आकस्मिक बाहेकका सबै सेवा ठप्प पारेका छन् ।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’