७५ जिल्लामा पुगिसक्यो डेंगु फैलाउने लामखुट्टे
हेल्थ टिभी अनलाइन \काठमाडौं : नेपालमा डेंगु फैलाउने लामखुट्टे ७५ जिल्ला पुगिसकेको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले डेंगु सोमबार बिहानसम्म ७५ जिल्लामा पुगेको तथ्यांक आएको जनाएका छन्। योसँगै अब डेंगु नभएको जिल्ला २ हुम्ला र मुस्ताङ मात्र रहेका छन्। देशका अन्य जिल्लामा डेंगु पुगिसकेको छ ।
केही वर्ष अघिसम्म तराईमा मात्र पाइने डेंगु रोग अहिले यातायातकाे सुविधा तथा बढ्दो आधुनिकीकरणका कारण सबैतिर पुगेकाे डा दासको भनाई छ । उनी भन्छन, ‘शहरमा डेंगु फैलिने कारण भनेको हाम्रो जीवनशैली पनि हो । डेंगु गराउने लामखुट्टले गमला, कुलर ट्यांकीमा भएको पानीमा फूल पार्ने हुँदा यो शहरमा बढी हुन्छ । हामी गमलाले घर सिंगार्न खोज्छौं त्यहीं लामखुट्टेले फूल पार्छ ।’ डा दासका अनुसार अहिले ललितपुरमा सबैभन्दा बढी संक्रमित भेटिएका छन्। ललितपुरमा मात्रै १९ सय ४० जनामा डेंगु पुष्टि भइसकेको छ । त्यसपछि काठमाडौं, मकवानपुर, रुपन्देही बढी जोखिममा देखिएका छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले देशभर नै डेंगु नियन्त्रणका लागि लामखुट्टेको फूलदेखि प्युपासम्मलाई सर्च एण्ड डिस्ट्रोय अर्थात खोज र नस्ट गर अभियान जारी राखेको छ ।
केही दिन यता देशभर नै ज्वरोसहितका बिरामीको अस्पतालमा भिड लाग्ने गरेको छ । डेंगु भएमा उच्च ज्वरो आउने, शरीर दुख्ने, टाउको भारी हुने, वाकवाकी लाग्ने हुन्छ । यस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा गएर जाँच गर्न रोग नियन्त्रण महाशाखाले आग्रह गरेको छ । यसबाट बच्ने एक मात्र उपाय लामखुट्टेको टोकाईबाट बच्ने भएकाले सकेसम्म फुल बाहुला भएको लुगा लगाउने, घरका झ्याल ढोकामा जाली हाल्ने तथा पानी जम्न नदिने गर्न आवश्यक छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण