वीर अस्पतालमा १४ वर्षपछि ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा १४ वर्षपछि ओपन हार्ट सर्जरी सेवा सुरु भएको छ ।
वीर अस्पतालका मुटु शल्यचिकित्सक डा किरण श्रेष्ठको नेतृत्वको टोलीले दोलखाकी २१ वर्षीया युवतीको ओपन हार्ट सर्जरी गरिएको हो ।
मुटुमा जन्मजात प्वाल रहेकी २१ वर्षीया युवतीको शल्यक्रिया गरेर सेवा पुन सुरु गरिएको हो । अस्पतालमा लामो समयपछि ओपन हार्ट सर्जरी गरिएको हुँदा गंगालाल हृयरोग केन्द्रका चिकित्सकको पनि सहयोग लिइएको थियो । शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधवार डिस्चार्ज गरिएको शल्यक्रियामा सहभागी भएकी डा दीक्षा जोशीले जानकारी दिइन् ।
वीर अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको यो ९९ औं केस हो । यसअघि सन् २००८ सम्ममा ९८ जनाको ओपन हार्ट सर्जरी गरिएको थियो । १४ वर्षअघि उपकरण बिग्रिएपछि शल्यक्रिया रोकिएको थियो । उपकरण बिग्रिएसँगै जनशक्ति पनि कम हुँदै गएर सेवा नै बन्द हुन पुगेको कोभिड १९ युनिफाइड अस्पतालका निमित्त कार्यकारी अधिकृत प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए ।
उनले अबदेखि नियमित सेवा सुरु गर्ने समेत जनाएका छन्। उनले यो सेवाको सुरुवातसँगै दूरदराजका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई धेरै नै राहत हुने जिकीर गरे ।
क्यान्सर भएको पुष्टि भएका यूकेका राजा चार्ल्सले पुनः सार्वजनिक दायित्व निर्वाह गर्ने
न्युरोसाइन्स सम्बन्धी १४ दिने अन्तराष्ट्रिय वर्कशप काठमाडौंमा
कान्ति बाल अस्पतालले माग्यो ठूलो संख्यामा चिकित्सक तथा नर्स
जुनसुकै पालिकाको भए पनि अशक्त र गरिब नागरिकलाई काठमाडौं महानगरले नि:शुल्क उपचार दिने
डा सन्दीपलाई प्रश्न : घुँडा किन दुख्छ, कसरी बच्ने ?