वीर अस्पतालमा १४ वर्षपछि ‘ओपन हार्ट सर्जरी’ सेवा सुरु
हेल्थ टिभी अनलाइन \काठमाडौं : मुलुककै जेठो वीर अस्पतालमा १४ वर्षपछि ओपन हार्ट सर्जरी सेवा सुरु भएको छ ।
वीर अस्पतालका मुटु शल्यचिकित्सक डा किरण श्रेष्ठको नेतृत्वको टोलीले दोलखाकी २१ वर्षीया युवतीको ओपन हार्ट सर्जरी गरिएको हो ।
मुटुमा जन्मजात प्वाल रहेकी २१ वर्षीया युवतीको शल्यक्रिया गरेर सेवा पुन सुरु गरिएको हो । अस्पतालमा लामो समयपछि ओपन हार्ट सर्जरी गरिएको हुँदा गंगालाल हृयरोग केन्द्रका चिकित्सकको पनि सहयोग लिइएको थियो । शल्यक्रिया गरिएकी युवतीको स्वास्थ्य अवस्था सामान्य रहेको र बुधवार डिस्चार्ज गरिएको शल्यक्रियामा सहभागी भएकी डा दीक्षा जोशीले जानकारी दिइन् ।
वीर अस्पतालमा ओपन हार्ट सर्जरी गरिएको यो ९९ औं केस हो । यसअघि सन् २००८ सम्ममा ९८ जनाको ओपन हार्ट सर्जरी गरिएको थियो । १४ वर्षअघि उपकरण बिग्रिएपछि शल्यक्रिया रोकिएको थियो । उपकरण बिग्रिएसँगै जनशक्ति पनि कम हुँदै गएर सेवा नै बन्द हुन पुगेको कोभिड १९ युनिफाइड अस्पतालका निमित्त कार्यकारी अधिकृत प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए ।
उनले अबदेखि नियमित सेवा सुरु गर्ने समेत जनाएका छन्। उनले यो सेवाको सुरुवातसँगै दूरदराजका आर्थिक अवस्था कमजोर भएका बिरामीलाई धेरै नै राहत हुने जिकीर गरे ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण