Health TV Online
Health TV Online
Health TV Online
Health TV Online

२४ घण्टामा २७१ संक्रमित थपिए, एक जनाको मृत्यु

२४ घण्टामा २७१ संक्रमित थपिए, एक जनाको मृत्यु

हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर गत २४ घण्टामा २७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ३ हजार ९२० जनाको नमुना परीक्षण गरिएकोमा २७१ जनामा कोरोना पुष्टि भएको हो ।  यहीवीच १७५ जना संक्रमित संक्रमणमुक्त भएका छन् भने एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

हाल देशभर ३ हजार १९४ जना सक्रिय संक्रमित होम तथा संस्थागत आईसोलेसनमा रहेका छन्। मन्त्रालयका अनुसार  संस्थागत आईसोलेसनमा रहेका मध्ये ४२ जनाको आइसीयूमा र ८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

  • हेल्थ टिभी अनलाइन

    हेल्थ टिभी अनलाइन स्वास्थ्य विधामा नेपाली पत्रकारिता इतिहासकै पहिलो श्रव्यदृश्य केन्द्रित मल्टी मिडिया अनलाइन पोर्टल हो। जनस्वास्थ्य समस्या, रोग र उपचार, चिकित्सा विज्ञान र शिक्षा, आयुर्वेद, स्वास्थ्य प्रविधि, प्राकृतिक चिकित्सा, जीवनशैलीलगायतका सवालमा समाचार, टिप्पणी, विचार, विज्ञको राय, अन्तरवार्ता, छलफल र संवादमार्फत विश्वव्यापी रूपमै पाठक, श्रोता र दर्शकलाई सचेत गराउने कार्यमा हेल्थ टिभी अनलाइन कटिबद्ध छ।

थप समाचार