स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन माग गर्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुले स्वास्थ्य अनुसन्धानमा काम गर्ने नेपाल अनुसन्धान परिषदलाई समावेशी र सहभागितामूलक बनाउन माग गरेका छन्। उनीहरुले अहिले परिषदको ऐन सहभागितामूलक नभएको र सबैलाई समेट्न नसकेको भन्दै सो ऐनलाई संसोधन गरी समावेशी बनाउन माग गरेका हुन्।
आफ्ना माग राख्दै २० बढी स्वास्थ्यका संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङलाई भेटी ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ को दफा ७ को कार्यकारी समितिको गठन सम्बन्धी उपदफा १ क मा स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त आधुनिक चिकित्सा प्रणाली तथा आयुर्वेद चिकित्सा प्रणालीका चिकित्सकहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत ७ जना व्यक्ति सदस्य रहने व्यवस्था छ।
उनीहरुले मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाउदै परिषदमा स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त स्वास्थ्य व्यवसायीहरुमध्येबाट पनि नेपाल सरकारद्वारा मनोनीत गर्ने व्यवस्था गर्न माग गरेका हुन्।
यसरी ध्यानाकर्षण गराउनेमा नेपाल जनस्वास्थ्य संघ, योग तथा प्राकृतिक चिकित्सकने संघ, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल फिजियोथेरापी संघ, नेपाल फार्मेसी संघ, नेपाल नर्सिङ संघ लगायतका २० बढी संस्था रहेका छन्।
दीर्घ जीवनका लागि रिस त्याग्नुहोस्, शान्त रहनुहोस
बसाइ नमिल्दा ढाड दुख्ने समस्या !
काठमाडौंमा १७ जना औंलोको बिरामी, सबै आयातित
स्वास्थ्य मन्त्रालयले भन्यो, सरकारी अस्पतालमा काम गर्ने अनि निजीको विज्ञापन गर्न कहाँ पाइन्छ ?
गर्मीमा तातो हावा ‘लू’ बाट कसरी जोगिने ?