स्वास्थ्य अनुसन्धान परिषदलाई समावेशी बनाउन माग गर्दै स्वास्थ्यमन्त्रीको ध्यानाकर्षण
हेल्थ टिभी अनलाइन \काठमाडौं : स्वास्थ्यसँग सम्बन्धित विभिन्न संस्थाहरुले स्वास्थ्य अनुसन्धानमा काम गर्ने नेपाल अनुसन्धान परिषदलाई समावेशी र सहभागितामूलक बनाउन माग गरेका छन्। उनीहरुले अहिले परिषदको ऐन सहभागितामूलक नभएको र सबैलाई समेट्न नसकेको भन्दै सो ऐनलाई संसोधन गरी समावेशी बनाउन माग गरेका हुन्।
आफ्ना माग राख्दै २० बढी स्वास्थ्यका संस्थाहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानी प्रसाद खापुङलाई भेटी ध्यानाकर्षण गराउँदै ज्ञापन पत्र बुझाएका छन्।
नेपाल स्वास्थ्य अनुसन्धान परिषद ऐन २०४७ को दफा ७ को कार्यकारी समितिको गठन सम्बन्धी उपदफा १ क मा स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त आधुनिक चिकित्सा प्रणाली तथा आयुर्वेद चिकित्सा प्रणालीका चिकित्सकहरु मध्येबाट नेपाल सरकारद्वारा मनोनीत ७ जना व्यक्ति सदस्य रहने व्यवस्था छ।
उनीहरुले मन्त्री खापुङलाई ज्ञापनपत्र बुझाउदै परिषदमा स्वास्थ्य सम्बन्धी अध्ययन तथा अनुसन्धानमा अनुभव प्राप्त स्वास्थ्य व्यवसायीहरुमध्येबाट पनि नेपाल सरकारद्वारा मनोनीत गर्ने व्यवस्था गर्न माग गरेका हुन्।
यसरी ध्यानाकर्षण गराउनेमा नेपाल जनस्वास्थ्य संघ, योग तथा प्राकृतिक चिकित्सकने संघ, नेपाल डेन्टल साइन्स हाइजेनिस्ट एसोसिएसन, हेल्थ असिस्टेन्ट संघ नेपाल, नेपाल फिजियोथेरापी संघ, नेपाल फार्मेसी संघ, नेपाल नर्सिङ संघ लगायतका २० बढी संस्था रहेका छन्।





अफ्रिकामा महिलाका अधिकारमाथि चुनौती, ‘मापुटो प्रोटोकल’ बचाउन आह्वान
एमडीएच फर्मास्युटिकल्सलाई क्वालिटी अचिभमेन्ट अवार्ड
ल्वाङलाई औषधिको रुपमा कसरी प्रयोग गर्ने ?
नेपाली औषधि कम्पनी म्याग्नस फार्मा अन्तर्राष्ट्रिय गुणस्तर अवार्डबाट सम्मानित
क्यान्सर बिजेताहरुको एउटै आवाज -‘क्यान्सरलाई जित्न सकिन्छ’