कान्ति बाल अस्पतालका कर्मचारी आन्दोलित
हेल्थ टिभी अनलाइन \काठमाडौं : कान्ति बाल अस्पतालका कर्मचारी विभिन्न माग अघि सार्दै आन्दोलनमा उत्रिएका छन्।
अस्पताल विकास समिति अन्तर्गतका कर्मचारीहरु २४ बुँदे मागसहित आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले कर्मचारीको माग पुरा गर्नुपर्ने, कर्मचारीको करार नविकण गर्नुपर्ने, स्तरवृद्धि, तह मिलान जस्ता काम तत्काल गर्नुपर्ने जस्ता माग राख्दै आन्दोलनमा उत्रिएका हुन्। उनीहरुले एक साता भित्र आफना माग पूरा गर्न अल्टिमेटम समेत दिएका छन्। आन्दोलनमा उत्रिएका कर्मचारीले अस्पताल निर्देशक एवम लेखा प्रमुखले आर्थिक अनियमितता गरेको आरोप लगाउँदै उनीहरुको राजिनामा समेत माग गरेका छन्।
यसअघि उनीहरुले आफना मागकाबारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ध्यानाकर्षण गराइसकेका छन्। यही शिलशिलामा उनीहरुले आज अस्पतालको गेटमा धर्ना दिने जनाएका छन्।
खराब कोलेस्टेरोल घटाउन के खाने ?
मुटुरोगबाट बच्न विचार व्यवस्थापन
क्षयरोग अन्त्य गर्ने विषयमा छलफल गर्न ३० देशका विज्ञहरु गोवामा भेला
लुम्बिनी प्रदेशको स्वास्थ्य सचिवमा डा वासुदेव उपाध्याय नियुक्त
स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा प्रदीप यादव नियुक्त