थप २२६ जनामा कोरोना संक्रमण
हेल्थ टिभी अनलाइन \काठमाडौं : देशभर २४ घण्टामा २२६ जना नयाँ कोरोना संक्रमित थपिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ०११ जनाको नमुना परीक्षण गरिएकोमा २२६ जनामा कोरोना पुष्टि भएको हो ।
यसैगरी आज २२३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्। हाल देशभर ३ हजार २३५ जना सक्रिय संक्रमित होम तथा संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।
नेपालमा कोरोना संक्रमणबाट हालसम्म १२ हजार जनाको मृत्यु भएको छ भने कोरोना संक्रमणबाट निको हुने दर ९८ दशमलब ५ प्रतिशत रहेको छ ।





किष्ट शिक्षण अस्पतालको सेवा अब घरमै, ‘किष्ट एट होम’ सञ्चालनमा आउँदै
अस्पतालबाहिर सुत्केरी भएको घटनाबारे स्वास्थ्य मन्त्री भन्छिन् : कमजोरी देखिए कारबाही गर्छौ
बाढी प्रभावित तीन सय परिवारका लागि युएसभी फार्माको डेढ करोड सहयोग
फिजियोथेरापी संघद्वारा रक्तदान तथा स्ट्रोक र मुटुसम्बन्धी जनचेतनामूलक कार्यक्रम
आफ्नो घर आश्रममा १५० पुरुषको प्रोस्टेट स्वास्थ्य परीक्षण